२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी दर्ताको समय तोकिएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वारा जारी सूचनामा आजै दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली दर्ता क्रमअनुसार प्रकाशन गरिने उल्लेख छ । उपसभामुखको निर्वाचन चैत २७ गते हुने तय भएको छ । सो दिन अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि छलफलपछि निर्णय गरिनेछ ।

सभामुख डोलप्रसाद अर्यालले बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोक्दै कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

उपसभामुख पदका लागि विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन् । प्रतिनिधिसभामा दुईतिहाइ बहुमत नजिक रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन पाउने दलबाट उपसभामुख चयन हुने सम्भावना रहेको छ । यद्यपि, रास्वपाले हालसम्म कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ७ : ३४ बजे

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर