११ असार २०८३, बिहिबार | June 25, 2026

भारतबाट अवैध रूपमा कुखुरा ल्याउने क्रम रोकिएन



नेपालगन्ज । अहिले बर्ड फ्लुको जोखिम छ । तर, बाँकेको जमुनाह नाकाबाट अवैध रूपमा भारतीय कुखुरा ल्याउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयले आज नेपालगन्ज उपमहानगरपालिका–१६ बाट १०८ किलोग्रामका ३६ थान तयारी अवस्थामा रहेका कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३६ थान अवैध कुखुरा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए । साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने गरिएको बताउँदै उनले प्रहरी देख्ने बित्तिकै ती व्यक्ति भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको उनले उल्लेख गरे ।

पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्जका प्रमुख डा हरेराम यादवले बर्ड फ्लुको जोखिम हुँदाहुँदै पनि अवैध रूपमा भारतीय कुखुरा नेपालगन्ज भित्र्याउने कार्य बन्द हुन नसकेकामा चिन्ता व्यक्त गरे । “हामीले दैनिकजसो समातिरहेका छौँ । तर कसरी भित्रिरहेको छ, आश्चर्य लाग्छ”, उनले भने ।

खुला सीमानाका र व्यापारीमा सचेतनाको कमीका कारण अवैध कुखुरा नेपालगन्ज ल्याइएको उल्लेख गर्दै डा यादवले अहिलेसम्म ३५ हजार तयारी कुखुरा नष्ट गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा ६० हजार भारतीय अवैध चल्ला र ४०० किलो कुखुराको तयारी मासु र अण्डा नष्ट गरिएको उनले उल्लेख गरे ।

प्रहरीको सहयोगमा पक्राउ गरिएका सबै अवैध कुखुरा, चल्ला, अण्डा र मासु नष्ट गरिएका पशु क्वारेन्टाइन नेपालगन्जले जनाएको छ । तराईका केही जिल्लामा बर्ड फ्लुको जोखिम बढ्दै गए पनि हालसम्म यस क्षेत्रमा सङ्क्रमण नदेखिएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा यादवले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : २० बजे

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा