२० जेष्ठ २०८३, बुधबार | June 4, 2026

अस्पतालबाट डिस्चार्ज भए एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।

चैत १४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका उनलाई आज डिस्चार्ज गरिएको उनको सचिवालयले जनाएको छ।

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा उनलाई पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा राखिएको थियो।

अस्पताल बसाइँका क्रममा ओलीले अदालतमा भर्चुअल माध्यममार्फत बयान दिएका थिए। त्यही अवधिमा उनको पित्तथैलीको सफल शल्यक्रिया पनि गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ८ : ०४ बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ