२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना



कोरोना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ट्रम्पलाई शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको थियो ।

आफुलाई र श्रीमती मेलानियालाई कोरोना संक्रमण भएको भन्दै ट्रम्पले शुक्रबार निवासमै आइसोलेसनमा बसेको सोसल मिडिया ट्वीटरमार्फत जनाएका थिए ।

तर, ज्वरो बढेपछि उनलाई स्वास्थ्य अवस्था बिग्रिन नदिन संक्रमण पुष्टि भएको २४ घण्टाभित्र वाल्टर रिड नेशनल मेडिकल सेन्टर लगिएको ह्वाइट हाउसले जनाएको छ ।

व्हाइट हाउसले राष्ट्रपति ट्रम्पले थकान महशुस गरेपनि आशावादी रहेको जनाएको छ ।

राष्ट्रपति ट्रम्प आफ्नो विशेष हेलिकोप्टर मरिन १ बाट अस्पताल गएका हुन् । अस्पताल जानु अघि ट्रम्पले आफु र पत्नीप्रति आम जनताले दिएको शुभकामनालाई धन्यवाद समेत दिएका छन् ।

राष्ट्रपति निर्वाचनको एक महिना पनि बाँकी नरहँदा रिपब्लिकन पार्टीको तर्फबाट अर्को कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पलाई कोरोन संक्रमण भएको छ । ट्रम्पले कोरोना भाइरसलाई सुरुदेखि नै मजाक उडाउँदै आएका थिए ।

अमेरिकामै भाइरसले आतंक फैलाउन थालेपछि पनि उनले मास्क लगाउने र सामाजिक दूरी कायम गर्नुपर्छ भन्नेहरुप्रति खिस्सिट्युरी गर्ने गरेका थिए ।

केही दिन अघि भएको पहिलो प्रेसिडेन्टियल बहसमा विपक्षी डेमोक्रयाट उम्मेदवार जो बायडनलाई प्रत्यक्ष प्रसारण भैरहेको बहसमै कोरोनाको विषयलाई लिएर मजाक उडाएका थिए । त्यसको तीन दिनपछि ट्रम्पलाई कोरोनाले आक्रमण गरेको छ ।

व्हाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार ट्रम्पले संक्रमणको पहिलो दिन निवासबाटै काम जारी राखेको जनाएको थियो ।

 

 

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय