६ भदौ २०८३, शनिबार | August 22, 2026

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान



नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीका लागि कपडा धुने वाशिङ मेसिन सहयोग प्राप्त भएको छ। नेपालगन्ज निवासी स्वर्गीय राजेन्द्रप्रसाद सिंघलको सम्झनामा उक्त सहयोग प्रदान गरिएको हो।

बागेश्वरी ट्रेक्टर, कारकाँदोका संचालक स्व. सिंघलकी श्रीमती मीना सिंघल, छोरा सन्दिप सिंघल तथा नाती आदित्य सिंघलले संयुक्त रूपमा समितिका प्रमुख महेश चन्दलाई वाशिङ मेसिन हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै सन्दिप सिंघलले बुवाको स्मृतिमा समाज तथा खेलकुद क्षेत्रका लागि योगदान दिन पाउनु परिवारका लागि गर्वको विषय भएको बताए। उनले यस्ता सामाजिक कार्यले जिम्मेवारीबोध अझ बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि सकारात्मक कार्यहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समितिका प्रमुख महेश चन्दले खेल क्षेत्रप्रति माया गरेर गरिएको यस्तो सहयोगले खेलकुद गतिविधि थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले सहयोगी परिवारप्रति आभार पनि प्रकट गरे ।

हस्तान्तरण कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष नरेन्द्र थापा, प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी ‘सोनु’ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ०२ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक