२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना



बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा तत्काल हटाउन सूचना जारी गरेको छ । सूचना अनुसार सम्बन्धित संरचना नहटाइएमा महानगर आफैंले हटाउने तयारी गरेको छ ।

उक्त जग्गा साबिक लुम्बिनी अन्चलाधिश कार्यालय बुटवलको नाममा दर्ता भई तत्कालीन सरकारको निर्णयअनुसार हाल उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार प्राप्त रहेको जनाइएको छ ।

बुटवल उपमहानगरपालिका साबिक वडा नं. ६ हाल वडा नं. ४ अन्तर्गत पर्ने साविक कित्ता नं. ३९६ (हाल कित्ता नं. ७८१२६११३४) को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा बनेका घरटहरा हटाउन महानगरले सार्वजनिक सूचना जारी गरेको हो ।

उपमहानगरपालिकाले उक्त क्षेत्र अतिक्रमणमुक्त गराउने उद्देश्यले तत्काल संरचना हटाउन आग्रह गरेको छ । अन्यथा कानुनी प्रक्रिया अनुसार बल प्रयोग गरेर हटाइने चेतावनी समेत दिइएको छ ।

स्रोतका अनुसार सम्भवत: भोलि बिहानैदेखि उक्त क्षेत्रमा डोजर परिचालन हुन सक्ने बताइएको छ । उपमहानगरपालिकाको यस कदमसँगै स्थानीय बासिन्दामा चासो र त्रास दुवै बढेको छ ।

उपमहानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै यस्ता अतिक्रमणविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ८ : ०५ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको