१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ ।

गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार (वैशाख १४) बन्दीप्रत्यक्षीकरण रिट दायर गरेपछि मंगलबार (वैशाख १५) भएको सुनुवाइमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यस्तो आदेश दिएको हो । अदालतले पक्राउ र थुनाको कारण खुलाइएको लिखित जवाफसहित गोल्छालाई उपस्थित गराउन निर्देशन दिएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले उक्त थुना म्याद स्वीकृत गरेको हो ।

गोल्छालाई सीआईबीको टोलीले वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा उनको नाम जोडिएको देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १२ : ५९ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा