२८ भदौ २०८३, आइतबार | September 13, 2026

४ बुँदे माग सहित भेरी अस्पतालका चिकित्सक काममा फर्कन थाले

अस्पताल परिषरमा फोटो/भिडियो खिच्न पूर्ण रोक लगाउन माग



नेपालगन्ज । चिकित्सकहरुलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखलाई सांघातिक आक्रमणको प्रयास गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ परेको सूचना पाएसँगै भेरी अस्पतालका चिकित्सकहरु काममा फर्कन थालेका छन् । अस्पताल परिषरमा चिकित्सकहरुलाई जयान मार्ने धम्की दिने कुसल दर्लामी पक्राउ परेको सूचना पाएसँगै चिकित्सकहरु काममा फर्कन थालेका हुन् ।

भेरी अस्पतालका चिकित्सकहरुले आफुहरुलाई गाली गलौज लिने, सारिरिक अकाक्रमणको धम्की दिने व्यक्ति पक्राउ परेको सूचना जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरेको उल्लेख गरेका छन् । उनीहरुले पक्राउ परेका व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कारवाही अगाडी बढाउनु पर्ने, किटानी जाहेरी दिइएका अन्य संलग्न व्यक्तिहरुलाई २४ घण्टाभित्र पक्राउ गरि कानुनी कारवाही अगाडी बढाउनु पर्ने, गाली गलौजको सामाग्री समाजिक सञ्जालबाट हटाउनु पर्ने तथा अस्पताल परिषर भित्र अस्पताल प्रशासनको अनुमति बेगर फोटो भिडियो खिच्न रोक लगाउनु पर्ने माग गरेका छन् ।

उनीहरुले उल्लेखित माग पूरा नभए पुनः काम बन्द गरेर आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । यस अघि मंगलबार चिकित्सकहरु विरुद्ध ज्यान मार्ने र खुट्टा काट्ने धम्की दिएका कुसल दर्लामीले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफुले गिरफ्तारी दिने जनाएका थिए । उनले गाली गलौजका शब्दहरुलाई ठिक गरेको जिकिर गर्दै खुट्टा काट्ने शब्दका लागि माफि समेत मागेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  २ : ०८ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले