१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी



काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा गम्भीर भौगोलिक त्रुटि देखिएपछि औपचारिक रूपमा क्षमायाचना गरेको छ।

निगमले बिहीबार बिहान अंग्रेजी भाषामा सूचना जारी गर्दै नक्सामा भएको गल्तीप्रति दुःख व्यक्त गरेको हो। “हाम्रा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमाप्रार्थी छौँ,” निगमले जनाएको छ।

उक्त नक्सामा अन्तर्राष्ट्रिय सिमानासम्बन्धी त्रुटिहरू रहेको स्वीकार्दै निगमले ती सामग्रीले नेपाल सरकार वा संस्थाको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ। साथै, नक्सामा भएको तथ्यगत तोडमोडबारे आन्तरिक समीक्षा भइरहेको पनि जनाएको छ।

निगमले बुधबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उडान गन्तव्य देखाउन नेटवर्क नक्सा सार्वजनिक गरेको थियो। तर, विवाद बढेपछि उक्त पोस्ट हटाइएको छ।

सार्वजनिक गरिएको नक्सामा जम्मु र कश्मीरको सम्पूर्ण भूभाग पाकिस्तानतर्फ देखाइएको थियो। त्यस्तै, स्वतन्त्र राष्ट्र ताजिकिस्तान र किर्गिस्तानलाई चीनको नक्साभित्र समावेश गरिएको देखिएको थियो।

निगमले छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सुमधुर सम्बन्धप्रति आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै सो पोस्टका कारण पर्न गएको असुविधाप्रति पनि क्षमा मागेको छ।

नेपालले जम्मु कश्मीर मुद्दालाई भारत–पाकिस्तानबीचको द्विपक्षीय विषय मान्दै आएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  १० : ५५ बजे

‘सिंहदरबारमा रमिता चलिरहेको छ’ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक

पार्टी वैधानिकताको प्रश्न सुनियोजित षड्यन्त्र र दुष्प्रचार : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औँ महाधिवेशनको

नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री

Pakistan Seeks Stronger Economic and Tourism Cooperation with Gandaki Province

Pokhara: Pakistan has expressed interest in expanding cooperation with Gandaki

गण्डकीसँग पर्यटन र व्यापारमा सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी