१५ भदौ २०८३, सोमबार | August 31, 2026

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

सोमबार विभागको टोलीले काठमाडौंको नक्साल र सुन्धारामा रहेका कार्यालयहरूका साथै हेटौंडास्थित उनको निजी घर र कार्यालयमा एकसाथ छापा मारेको हो। हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस) र निवासमा समेत टोली पुगेर आवश्यक कागजात नियन्त्रणमा लिएको बताइएको छ।

विभागले बानियाँले अवैध रूपमा आर्जन गरिएको सम्पत्ति लुकाएको आशंकामा अनुसन्धान अघि बढाउँदै छापा मारेको जनाइएको छ। छापाका क्रममा विभिन्न आर्थिक कारोबारसम्बन्धी कागजात संकलन गरिएको स्रोतको भनाइ छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ प्रदेश संसदीय दलका नेता हुँदै हाल मुख्यमन्त्रीको जिम्मेवारीमा छन्। उनी वर्षअघिसम्म निर्माण व्यवसायमा सक्रिय थिए । अहिले पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको लगानी रहेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  २ : ३६ बजे

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक

‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

धनुषा । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य