५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ



काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक एक जना युवकको हत्या गरेको अभियोगमा सुदूरपश्चिका तीन जना युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो गुल्मी धुर्कोट गाउँपालिका–७ घर भइ हाल कीर्तिपुर नगरपालिका– ३ ढाल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा अछाम साँफेबगर नगरपालिका–४ का २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ का २३ वर्षीय रवीन्द्र धामी तथा कैलाली घोडाघोडी नगरपालिका–१ का २२ वर्षीय रोशन विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “विपिन घिमिरेलाई बुधबार दिउँसो धारिलो हतियार प्रयोग गरी ज्यान लिने कसुरमा संलग्न उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।”

पक्राउ परेका तिनै जनामाथि काठमाडौँ जिल्ला अदालतबाट आज सात दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १० : ५२ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा