३० श्रावण २०८३, शनिबार | August 15, 2026

प्रदेश राजधानी दाङ सार्ने निर्णय विरूद्ध आन्दोलनको मोडेल परिवर्तन, संसद भवन घेराउमा केन्द्रित



बुटवल । बुटवलमा रहेको अस्थायी प्रदेशको राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलनको घोषणा गरेका पेशागत सञ्जालले लुम्बिनी बन्दको कार्यक्रमलाई परिमार्जन गर्दै संसदभवन घेराउमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

सञ्जालले साबिक लुम्बिनी अञ्चलका सबै जिल्लाहरु बन्दको आह्वान गर्दै संसदभवन घेराउको कार्यक्रम तय गरेको थियो । सवारी साधनहरु पनि बन्द गर्दा आन्दोलनमा आउन चाहनेहरुले पनि एक्यबद्धता जनाउन नपाएको गुनासो आएपछि आन्दोलनको कार्यक्रम परिर्वत गरिएको सञ्जालका संयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

सञ्जालका अर्का सदस्य पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले रुपन्देही बाहेकका जिल्लाबाट पनि प्रदेशको राजधानीका लागि आउन चाहने नागरिकलाई सहज बनाउन प्रकृति परिवर्तन गरिएको बताए ।

उद्योग कल कारखाना भने बन्द गरेर सडकमा उपस्थित हुन सञ्जालले आम नागरिकलाई आग्रह गरेको छ ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रदेश राजधानी दाङको भालुवाङ क्षेत्रमा लैजाने प्रस्ताव उपर आज प्रदेश संसदमा छलफलको कार्यक्रम रहेको छ । संसदमा आजै मतदान गर्ने चर्चा चलेपनि छलफल सुरुभएको १८ घण्टा पुरा नहुँदा सम्म मतदानमा लैजान नमिल्ने संसदिय परम्परा रहेका कारण आज मतदान हुने सम्भावना न्युन रहेको प्रदेशसभा श्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : २२ बजे

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध