६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि ४७ जना आवेदकमध्ये ४ जनालाई सर्टलिस्ट गरिएको छ । अध्यक्ष छनोट तथा सिफारिस समितिले प्रारम्भिक मूल्यांकनपछि नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई अन्तिम चरणका लागि छनोट गरेको हो ।

समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई आगामी शुक्रबार छलफलका लागि बोलाएको छ । उक्त छलफलपछि एकजनाको नाम अध्यक्ष पदका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ ।

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि सरकारले अध्यक्ष चयन प्रक्रिया अघि बढाएको थियो। समितिले बैशाख १५ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो ।

अब हुने छलफलपछि बोर्डले नयाँ नेतृत्व पाउने अन्तिम टुंगो लाग्नेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ५ : १५ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध