५ श्रावण २०८३, मंगलबार | July 21, 2026

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले शर्मालाई आज सो पदमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था बमोजिम शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरिएको हो ।

राष्ट्रपति पौडलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराए । राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो । समारोहमा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान भने अनुपस्थित रहिन् । अन्य न्यायाधीहरु भने शपथ ग्रहणमा सहभागी भएका थिए ।

प्रधानन्यायाधीश शर्माको पदबहाली
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माले आजै पदबहाली समेत गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएलगत्तै उनले आज सर्वोच्च अदालतमा पुगेर पदबहाली गरेका हुन् ।

विसं २०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मिएका नवनियुक्त प्रधानन्यायाधीश डा शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका थिए ।

न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गरेका डा शर्माले २०७० साल जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए । प्रधानन्यायाधीश डा शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  १० : ०८ बजे

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल