८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

विश्वकप लिग-२ मा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । लिग-२ (२०२३-२०२७) अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग शुक्रबार बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्न लागेको हो ।

अघिल्लो भेटमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल घरेलु शृङ्खलालाई सुखद् अन्त्य गर्ने लक्ष्यमा छ भने अमेरिका हारको बदला लिने योजनासहित मैदान उत्रने तयारीमा रहेको छ ।

लिग-२ मा दुवै टोलीले समान २७ खेल खेलेका छन् । अमेरिका १९ जितसहित ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नेपाल १० जित, १५ हार र २२ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवसीय मान्यता जोगाइ राख्न नेपालमाथि बाँकी खेलहरू जित्नुपर्ने दबाब रहेको छ । अमेरिका भने शीर्ष स्थान कायम राख्दै उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

यसअघि कीर्तिपुरमै भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ३ बलमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो । उक्त खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै पक्ष प्रभावशाली देखिएको थियो ।

अघिल्लो खेलको सानदार जितले नेपाली टोलीको मनोबल उच्च बनेको छ । घरेलु समर्थकको साथ र परिचित मैदानको फाइदा उठाउँदै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले हालसम्म चार खेलमध्ये दुईमा जित र एउटामा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ७ : २६ बजे

दाङमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइने

दाङ । सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक

सार्वजनिक सवारीको नयाँ दर्तामा सरकारले लगायो रोक

काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका

छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

मुस्ताङ । छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण

रास्वपा सभापति लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज