२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि



चितवन । चितवनमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी र दाङका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले सोमबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र २ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका ३ पुरूष र ३ महिलामा पनि संक्रमण भएको छ । संक्रमित हुनेमा ३ वर्षीया बालिका पनि छन् ।

इच्छाकामनाका एक पुरूष, रत्ननगर र कालिकाका एक/एक जना महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै नवलपरासीको मध्यविन्दुकी १९ वर्षीया एक युवती र दाङ तुलसीपुरका ३४ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टी भएको डा. अधिकारीले बताइन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ०० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले