२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्रधानमन्त्रीको अभिव्यक्तिबारे रणनीति बनाउन विपक्षी दलको बैठक



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिपछि उत्पन्न राजनीतिक परिस्थितिबारे साझा रणनीति तय गर्न विपक्षी दलहरूको बैठक जारी रहेको छ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल, नेकपाका सांसद वर्षमान पुनलगायत विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता रहेको छ।

प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसको विरोध गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै आएका छन्।

संसद् अवरोधको वर्तमान अवस्था, सरकारको धारणा तथा आगामी रणनीतिबारे साझा निष्कर्षमा पुग्न विपक्षी दलहरू छलफलमा जुटेको बताइएको छ। बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने वा आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार–विमर्श भइरहेको स्रोतले जनाएको छ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ४ : ३४ बजे

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा