२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

अमेरिकी हेलिकोप्टर खसालेको आरोपपछि इरानमाथि अमेरिकी आक्रमण



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज क्षेत्रमा गस्तीमा रहेको अमेरिकी अपाचे हेलिकोप्टर खसालेको आरोप लगाएपछि अमेरिकाले इरानमाथि सैन्य आक्रमण सुरु गरेको जनाएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार हेलिकोप्टरमाथिको आक्रमणको जवाफस्वरूप इरानका सैन्य तथा रक्षा संरचनालाई लक्षित गरी कारबाही थालिएको हो ।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा इरानको ‘अनुचित आक्रामक गतिविधि’ विरुद्ध प्रतिक्रिया स्वरूप सैन्य कारबाही गरिएको उल्लेख गरेको छ । पर्सियन गल्फ तथा स्ट्रेट अफ होर्मुज आसपासका क्षेत्रमा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसालेको जानकारी आफूले सेनाबाट प्राप्त गरेको बताएका छन् । उनका अनुसार हेलिकोप्टरमा रहेका दुई पाइलट सुरक्षित रहेका छन् र उनीहरूलाई अमेरिकी नौसैनिक बलको मानवविहीन समुद्री प्रणालीमार्फत उद्धार गरिएको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार हेलिकोप्टरमाथि ड्रोनमार्फत आक्रमण गरिएको थियो । यद्यपि, उक्त आक्रमण जानाजानी गरिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ ।

घटनापछि अमेरिकाले इरानका रक्षा तथा राडार प्रणालीलाई लक्षित गर्दै आक्रमण गरेको बताइएको छ । इरानी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, केसम टापु र सिरिक आसपासका क्षेत्रमा विस्फोट भएको जानकारी दिएका छन् ।

यस घटनापछि इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले अमेरिकालाई चेतावनी दिँदै आफ्नो देशले कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत युद्धको मैदानमा असफल भएपछि अमेरिकाले पुनः तनाव बढाउने बाटो रोजेको आरोप लगाएका छन् ।

यो घटनाले पछिल्ला दिनमा अमेरिका-इरानबीच चलिरहेको तनावलाई थप चर्काउने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ८ : ०८ बजे

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ

सुनको मूल्यमा एकैदिन १० हजारभन्दा बढी गिरावट, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय