१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भागबन्डा होइन, निष्पक्ष महाधिवेशनको ग्यारेन्टी चाहिन्छ : कांग्रेस इतर समूह



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र बृहत्तर एकता कायम गर्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन तीनबुँदे प्रस्ताव अघि सारेको छ।

इतर समूहका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा नेता प्रकाशशरण महतले पार्टीको आन्तरिक विवाद समाधान र महाधिवेशनको वातावरण निर्माणका लागि साझा संयन्त्र गठन आवश्यक रहेको बताएका हुन्।

महतले १४औँ महाधिवेशनबाट निर्वाचित संरचना र विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वबीच समझदारी कायम गरी १५औँ महाधिवेशनको तयारीका लागि नयाँ संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्। त्यस्तै, लामो समयदेखि विवादमा रहेको क्रियाशील सदस्यताको विषय टुंग्याउने तथा विधान संशोधनका सवालमा साझा सहमति कायम गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनले केही औपचारिक भेटघाटले मात्रै पार्टीभित्रको एकता सुदृढ हुन नसक्ने उल्लेख गर्दै निरन्तर संवाद र विश्वासको वातावरण आवश्यक रहेको बताए। इतर समूहले कुनै पद वा भागबन्डाको माग नगरेको स्पष्ट पार्दै उनले आफूहरू १५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता मात्रै खोजिरहेको बताए।

“हामीले भाग खोजेका होइनौँ, ग्यारेन्टी खोजेका हौँ,” महतले भने, “महाधिवेशन सञ्चालन, क्रियाशील सदस्यता व्यवस्थापन र विधान संशोधनका विषयमा साझा संयन्त्र बनेमा मात्रै महाधिवेशनप्रति सबै पक्षको स्वामित्व र विश्वास कायम हुन्छ।”

विशेष महाधिवेशनबाट बनेको वर्तमान समिति पार्टीभित्र सर्वशक्तिमान हुन नसक्ने उनको तर्क छ। १५औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व मात्रै सबै पक्षबाट स्वीकार्य र वैधानिक रूपमा बलियो हुने उनले बताए।

क्रियाशील सदस्यताको डिजिटल नवीकरण प्रक्रियाप्रति पनि महतले असन्तुष्टि व्यक्त गरे। उनले वर्षौँदेखि पार्टीमा सक्रिय रहेका नेता तथा कार्यकर्तालाई प्राविधिक प्रक्रियाका नाममा सदस्यताबाट वञ्चित गर्न नहुने बताए। यसअघि नै सदस्यता नवीकरण गरिसकेकाहरूलाई डिजिटल प्रणालीका कारण बाहिर राख्ने प्रयास उचित नहुने उनको भनाइ थियो।

महतले कांग्रेस अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता मजबुत बनाउन नेतृत्वले गम्भीर पहल गर्नुपर्ने बताए। पार्टीका कतिपय नेता–कार्यकर्ता निष्क्रिय बन्दै गएको र केहीले पार्टीसमेत छाडिरहेको अवस्थामा बृहत्तर एकताको आवश्यकता झन् बढेको उनको भनाइ छ।

उनले नेतृत्व पक्षलाई एकताका लागि ठोस पहल गर्न आग्रह गर्दै १५औँ महाधिवेशनलाई सबै पक्षले अपनत्व महसुस गर्ने गरी सम्पन्न गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ११ : ०६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा