१४ भदौ २०८३, आइतबार | August 30, 2026

विश्वकप फुटबल : बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल



काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिल अफ्रिकी शक्तिशाली टोली मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक-एक गोल गर्दै अंक बाँडे । पहिलो हाफ रोमाञ्चक बने पनि दोस्रो हाफ अपेक्षाकृत सुस्त रह्यो ।

मोरक्कोले खेलको २१औँ मिनेटमा अग्रता लिएको थियो । ब्राहिम डियाजको पासमा इस्माइल साइबारीले आकर्षक ‘स्कुप’ प्रहार गर्दै ब्राजिलका गोलकिपर एलिसन बेकरलाई झुक्याएर गोल गरेका थिए ।

तर ब्राजिलले ३२ औँ मिनेटमा खेल बराबरीमा ल्यायो । ब्रुनो गुइमारेसको पासमा स्टार फरवार्ड विनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै ब्राजिललाई राहत दिलाए ।

सन् २००२ पछि पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको ब्राजिलका लागि नयाँ प्रशिक्षक कार्लो अन्सेलोटीको यो पहिलो ठूलो परीक्षा थियो । ब्राजिलको इतिहासमा पहिलो विदेशी प्रशिक्षक बनेका इटालियन रणनीतिकार अन्सेलोटीका लागि विश्वकपको सुरुआत अपेक्षाअनुसार हुन सकेन ।

घाइते भएका कारण स्टार स्ट्राइकर नेयमार टोलीमा अनुपस्थित थिए । खेल हेर्न पूर्व खेलाडी रोनाल्डो, रोबर्टो कार्लोस र काका रंगशालामा उपस्थित थिए ।

सन् २०२२ विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोले खेलभरि ब्राजिलमाथि दबाब कायम राख्यो । दोस्रो हाफमा ब्राजिलका लुकास पाक्वेटा, राफिन्हा र डानिलोका प्रयासहरू मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै विफल पारे ।

खेलको अन्तिम समयमा मोरक्कोले जित निकाल्ने अवसर पाए पनि एलिसन बेकरले महत्वपूर्ण बचाउ गर्दै ब्राजिललाई हारबाट जोगाए ।

यस बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । समूह ‘सी’ अन्तर्गत ब्राजिलले अब हाइटीसँग खेल्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ७ : २६ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं। त्रिशुली नदीले तलबाट कटान गर्दा धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका