१४ भदौ २०८३, आइतबार | August 30, 2026

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह



काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न सकिने भन्दै प्रचार गरिएका अनावश्यक तथा शङ्कास्पद ‘एपहरू डाउनलोड’ तथा ‘इन्स्टल’ नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरीद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न ‘अनलाइन’ माध्यममार्फत विश्वकप २०२६ हेर्न सकिने भन्दै ‘एन्ड्रोइड एप इन्स्टल’ गर्न लगाउने, विभिन्न प्रकारका अनुमति माग्ने र त्यसको दुरूपयोग गरी मोबाइल बैङ्किङ एप ह्याक गरेर आर्थिक ठगी गर्ने गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ ।

साइबर ब्यूरोले एपिके, इएक्सइ, बट, इएचलगायत अनावश्यक तथा अपरिचित फाइलहरू डाउनलोड गरी इन्स्टल नगर्न सचेत पनि गराएको छ । साथै बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैङ्किङ प्रणाली ‘अपडेट’ गर्न अनुरोध गरिएको छ ।

ब्यूरोले यस विषयसँग सम्बन्धित सचेतनामूलक सामग्रीहरू आफ्नो आधिकारिक ‘फेसबुक पेज’मार्फत सार्वजनिक गरिरहेको जनाएको छ । विश्वकप फुटबलको नाममा हुने साइबर ठगीबाट जोगिन सर्वसाधारणलाई सचेत रहन र आवश्यक जानकारी आधिकारिक स्रोतबाट मात्र प्राप्त गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ५ : २३ बजे

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

तिब्बत क्षेत्रको बाढी-पहिरोमा २६१ विदेशी नागरिक बेपत्ता, नेपालका १०४ जना

काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी