५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

प्रदेशका कानुनमन्त्रीले गरे नेपालगन्ज रङ्गशालाको निरीक्षण



नेपालगन्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले साबिक मध्यपश्चिमांचल क्षेत्रीय खेलकुद बिकास समिती नेपालगन्ज अन्तरगत रहेको नेपालगन्ज रंगशालालगायतका खेलकुद संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेका छन् ।

आईतवार मन्त्री भण्डारीले नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरी, कवर्ड हल, शुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेका हुन् ।

सो क्रममा समितीका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरुको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाका बारेमा जानकारी गराएका थिए । त्यसैगरी समितीका प्राबिधिक सल्लाहकार फरमान अली सिद्दिकी सोनुले खेलकुद क्षेत्र, स्थानीय पालिका तथा प्रदेश सरकार बीच सहि समन्वय हुन नसक्दा खेलकुदले गति लिन नसकेको बताए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य नरेन्द्र थापाले खेलकुद क्षेत्रको बिकासका लागि खेलाडी उत्पादन गर्न खेलाडी प्रतिभा खोज अभियान , प्रतियोगिताको निरन्तर आयोजना, खेल सामाग्रीको ब्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल गरि दिन मन्त्री यादवलाई आग्रह गरे।

मन्त्री यादवले बाँकेको खेल क्षेत्रको बिकास र संरक्षणका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले यसको लागि आफ्नो संसदीय कोषबाट मात्र नभई खेलकुद मन्त्रालय र प्रदेश सरकार्संग समेत कुरा गर्ने बताए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : २३ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे