६ भदौ २०८३, शनिबार | August 22, 2026

प्रदेशका कानुनमन्त्रीले गरे नेपालगन्ज रङ्गशालाको निरीक्षण



नेपालगन्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले साबिक मध्यपश्चिमांचल क्षेत्रीय खेलकुद बिकास समिती नेपालगन्ज अन्तरगत रहेको नेपालगन्ज रंगशालालगायतका खेलकुद संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेका छन् ।

आईतवार मन्त्री भण्डारीले नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरी, कवर्ड हल, शुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेका हुन् ।

सो क्रममा समितीका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरुको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाका बारेमा जानकारी गराएका थिए । त्यसैगरी समितीका प्राबिधिक सल्लाहकार फरमान अली सिद्दिकी सोनुले खेलकुद क्षेत्र, स्थानीय पालिका तथा प्रदेश सरकार बीच सहि समन्वय हुन नसक्दा खेलकुदले गति लिन नसकेको बताए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य नरेन्द्र थापाले खेलकुद क्षेत्रको बिकासका लागि खेलाडी उत्पादन गर्न खेलाडी प्रतिभा खोज अभियान , प्रतियोगिताको निरन्तर आयोजना, खेल सामाग्रीको ब्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल गरि दिन मन्त्री यादवलाई आग्रह गरे।

मन्त्री यादवले बाँकेको खेल क्षेत्रको बिकास र संरक्षणका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले यसको लागि आफ्नो संसदीय कोषबाट मात्र नभई खेलकुद मन्त्रालय र प्रदेश सरकार्संग समेत कुरा गर्ने बताए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : २३ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक