१६ असार २०८३, मंगलबार | June 30, 2026

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश



काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले रिटसँग सम्बन्धित तथ्य, प्रमाण र कानुनी आधारको समग्र अध्ययन गर्न विशेष अदालतबाट सक्कल मिसिल माग गर्ने आदेश जारी गरेको हो।

उक्त आदेशअनुसार विशेष अदालतमा विचाराधीन रहेको सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सम्पूर्ण मिसिल सर्वोच्च अदालतमा पेस गर्नुपर्नेछ।

बन्दीप्रत्यक्षीकरणको रिट दोमाया पौडेलले दायर गरेकी हुन्। सर्वोच्च अदालतले रिटमा उठाइएका कानुनी प्रश्न र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच प्रत्यक्ष सम्बन्ध देखिएकाले निष्पक्ष न्यायिक निरुपणका लागि सम्बन्धित मिसिल आवश्यक पर्ने ठहर गरेको हो।

हाल विशेष अदालतमा उक्त सम्पत्ति शुद्धीकरण मुद्दाको सुनुवाइ जारी रहेको छ। सर्वोच्च अदालतमा सक्कल मिसिल प्राप्त भएपछि बन्दीप्रत्यक्षीकरण रिटमाथिको थप सुनुवाइ र निर्णय प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : १३ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज