५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका छन् । जिल्ला अदालत काठमाडौँले आज गरेको फैसला अनुसार हाईप्रोफायलमा रहेका एमाले र कांग्रेस नेता टोपबहादुर रायमाझी र बालकृष्ण खाँडसहित १७ जना दोषी ठहर भएका छन् । अदालतले ७ जनाले भने सफाइ दिएको छ ।

दोषी ठहर हुनेमा रायमाझी र खाँडसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जनकुमार खरेल, आङटावा शेर्पा र बेचन झा रहेका छन्।

सोही प्रकरणमा सफाइ पाउनेमा भने रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।

अदालतले एमालेका नेता तथा पूर्वमन्त्री रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाँडसहित पूर्व गृहसचिव टेकनारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशवप्रसाद दुलाललाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।

जिल्ला अदालतको फैसलामा सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पाले पनि शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर तथा एकीकृत कसुर गरेको उल्लेख छ।

उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी राज्य विरुद्धको कसुर गरेको अदालतको ठहर छ ।

त्यस्तै शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषी ठहर भएका छन्। त्यसैगरी, उक्त प्रकरणमा प्रतिवादी बनाइएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ।

लिखित कीर्तेको कसुरमा भने टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारीलाई मात्रै दोषी ठहर गरेको छ। अरू सबैले यो कसुरमा भने सफाइ पाएका छन्।

संगठित अपराधमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजित राई, गोबिन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई प्रमुख कसुरदारका रुपमा दोषी ठहर गरेको छ।

यस्तै यो प्रकरणमा हाइप्रोफाइल सेटिङ मिलाएको आरोप लागेका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन्। त्यसबाहेक झाले सरकारी लिखत कीर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुर गरेको भन्ने दाबी नपुगेको अदालतको फैसला छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १० : ११ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको