२३ असार २०८३, मंगलबार | July 8, 2026

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका छन् । जिल्ला अदालत काठमाडौँले आज गरेको फैसला अनुसार हाईप्रोफायलमा रहेका एमाले र कांग्रेस नेता टोपबहादुर रायमाझी र बालकृष्ण खाँडसहित १७ जना दोषी ठहर भएका छन् । अदालतले ७ जनाले भने सफाइ दिएको छ ।

दोषी ठहर हुनेमा रायमाझी र खाँडसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जनकुमार खरेल, आङटावा शेर्पा र बेचन झा रहेका छन्।

सोही प्रकरणमा सफाइ पाउनेमा भने रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।

अदालतले एमालेका नेता तथा पूर्वमन्त्री रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाँडसहित पूर्व गृहसचिव टेकनारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशवप्रसाद दुलाललाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।

जिल्ला अदालतको फैसलामा सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पाले पनि शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर तथा एकीकृत कसुर गरेको उल्लेख छ।

उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी राज्य विरुद्धको कसुर गरेको अदालतको ठहर छ ।

त्यस्तै शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषी ठहर भएका छन्। त्यसैगरी, उक्त प्रकरणमा प्रतिवादी बनाइएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ।

लिखित कीर्तेको कसुरमा भने टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारीलाई मात्रै दोषी ठहर गरेको छ। अरू सबैले यो कसुरमा भने सफाइ पाएका छन्।

संगठित अपराधमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजित राई, गोबिन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई प्रमुख कसुरदारका रुपमा दोषी ठहर गरेको छ।

यस्तै यो प्रकरणमा हाइप्रोफाइल सेटिङ मिलाएको आरोप लागेका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन्। त्यसबाहेक झाले सरकारी लिखत कीर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुर गरेको भन्ने दाबी नपुगेको अदालतको फैसला छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १० : ११ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको