२४ असार २०८३, बुधबार | July 8, 2026

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ



काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा भएको अदालतको फैसलाले राष्ट्रको छविमा आँच पुर्‍याएको उक्त घटनालाई निष्कर्षमा पुर्‍याउने दिशामा महत्वपूर्ण कदम चालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले आफूले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका बेला सीआईबीबाट गम्भीर अनुसन्धान गराई मुद्दा दायर गरिएको स्मरण गराएका छन्। उनका अनुसार अनुसन्धानबाट पुष्टि भएका आधारमा मुख्य आरोपितविरुद्ध मुद्दा चलाइएको थियो।

श्रेष्ठले त्यसबेला केही अन्य व्यक्तिहरू पनि शंकाको घेरामा रहेकाले उनीहरूमाथि थप अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानलाई खुला राखिएको बताएका छन्।

उनले अहिले पनि सरकारले सम्बन्धित निकायमार्फत थप अनुसन्धानलाई अघि बढाई घटनासँग सम्बन्धित सबै पक्षलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन्।

भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी तथा किर्तेसम्बन्धी मुद्दामा विभिन्न अभियुक्तलाई दोषी ठहर गरेको छ। अदालतले असार २१ गते सजाय निर्धारण गर्ने जनाएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १० : ०२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको