१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गणेश नेपालीको मृत्यु प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा



काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाको अनुसन्धान तीव्र बनाइएको छ। प्रहरीले घटनासँग सम्बन्धित तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका लागि दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिइएको हो। उनीहरूलाई हाल कालीमाटी प्रहरी वृत्तमा राखेर घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपाली बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई तत्काल वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान करिब ११स्३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : ०१ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a