२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अवस्था डरलाग्दो, संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल



काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था डरलाग्दो बनेको छ ।

शुक्रबार देशभर २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो एक हप्तामा ९६ हजार ५ सय ५१ जनाको आरटी-पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा १८ हजार २ सय २६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा प्रत्येक पाँच जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ सय जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्ला तीन महिनायता सबैभन्दा बढी असोजमा संक्रमित थपिएका छन् । संक्रमणदरको ग्राफ दिन प्रतिदिन चुलिँदै गएको छ । पछिल्ला २३ दिनको अवधिमा ४१ हजार १ सय ३ जना संक्रमित थपिएकामा २ सय १७ जनाको मृत्यु भएको छ । १ असोजदेखि २३ असोजसम्म २ लाख ६२ हजार ३ सय २२ जनाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असारमा १० हजार ९ सय ६६, साउनमा ९ हजार ३ सय १६, भदौमा ३१ हजार ८१ संक्रमित थपिएका छन् । असारमा २०, साउनमा ६५, भदौमा २ सय ७२ र १ असोजदेखि २३ असोजसम्म २ सय १७ संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३ र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ३० हजार ४ सय ९७, ललितपुरमा ४ हजार १ सय ७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ७५ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल

कोरोना भाइरस संक्रमण पुष्टि भएपश्चात् कुनै पनि व्यक्ति आइसोलेसनमा नबसे संक्रमण ऐनअनुसार कारबाही गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई परिपत्र गरेको छ ।

केही व्यक्तिमा कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

आइसोलेनमा नबसेको पाइएमा संक्रमण ऐनअनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ । पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरू आइसोलेसनमा नबसेको पाइए घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्न प्रवक्ता गौतमले आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्न दिएका सबै व्यक्तिलाई रिपोर्ट नआउँदासम्म घरमा क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : २३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार