२३ भदौ २०८३, मंगलबार | September 9, 2026

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण



खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक नेतृत्व गरेका स्वर्गीय मिलन सापकोटाको सालिक अनावरण गरिएको छ । रेडक्रस खजुरा शाखा परिषरमा निर्मित स्वर्गीय सापकोटाको अर्धकदको सालिक आज एक कार्यक्रमका बीच अनावरण गरिएको हो ।

पञ्चायती व्यवस्थाका बिरोधमा खजुराबाट नेतृत्व गरेका पुराना कम्युनिष्ट नेता एवम समाजसेवी स्वर्गीय सापकोटाको योगदानको स्मरण स्वरुप रेडक्रस खजुरा शाखा परिषरमा खजुरा गाउँपालिकाको मुख्य लगानीमा सालिक निर्माण गरेको हो । रेडक्रसको समेत बिगतमा नेतृत्व गरेका सापकोटा पुष्पलाल समुहबाट राजनीतिमा प्रवेश गरेका सापकोटाले नेकपा माले, एमाले हुँदै पछिल्लो समयमा एकीकृत माओवादीमा आवद्ध रहेका थिए ।

रेडक्रस खजुराको आयोजनामा आज आयोजित एक कार्यक्रमका बीच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, रेडक्रस खजुरा शाखाका अध्यक्ष जिवनाथ सापकोटा, पालिका उपाध्यक्ष मन्जु मल्लले संयुक्तरुपमा सापकोटाको सालिक अनावरण गरे । अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष विकले खजुराले स्वर्गीय मिलन सापकोटालाई जुगजुगसम्म स्मरण गरिरहने बताए । उनले खजुरामा पहिलो राजनीतिक व्यक्तित्वको सालिक स्थापना भएको जनाउँदै सापकोटाको राजनीतिक योगदानको चर्चा गरे ।

रेडक्रस खजुरा शाखाको अध्यक्ष जिवनाथ सापकोटाले समाजवेवामा स्वर्गीय सापकोटाको लगाव निस्वार्थ र अनवरत रहेको स्मुण गरे । स्वर्गीय सापकोटाकी धर्मपत्नी भगवती सापकोटाले स्वर्गीय मिलन सापकोटाको समर्पणको मुल्यांकन गरेकोमा स्थानीय सरकार र सम्बद्ध सबैलाई धन्यवाद प्रकट गरिन् ।

खजुरा गाउँपालिकाको १ लाख ४० हजार, रेडक्रस खजुराको ३५ हजार, घरपरिवारबाट ३५ हजार र रेडक्रस खजुरा शाखा अध्यक्ष जिवनाथ सापकोटाबाट १० हजार ५०० गरि कुल २ लाख २० हजार ५०० को लागतमा सालिक निर्माण भएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलबहादुर पौडेलले जानकारी दिए ।

आजै बाँकेको नेपालगन्जमा पूर्व प्रधानमन्त्री विपी कोईराला र सुशील कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जनआन्दोलनकी सहिद सेतु विक तथा पूर्व राजा विरेन्द्रको सालिक अनावरण गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ५ : ०० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी