१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट



जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् रहेको जनाएको छ । प्रशासनले बिहान ६ बजेदेखि ८ बजेसम्म अत्यावश्यक उपभोग्य सामग्री खरिदका लागि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन अनुमति दिएको छ ।

प्रशासनका अनुसार कर्फ्यु अवधिमा अस्पताल, औषधि पसल, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध ढुवानीजस्ता अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन हुनेछन् ।

यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी तथा विमानस्थल आउजाउ गर्ने यात्रुले सम्बन्धित निकायबाट जारी परिचयपत्र वा हवाई टिकटका आधारमा आवतजावत गर्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : ३४ बजे

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे