काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको छ।
श्रेष्ठको रिहाइ तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासंघले आयोजना गरेको धर्नामा पत्रकार, सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूको सहभागिता रहेको छ।
धर्नामा सहभागी पत्रकारहरूले वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले गृहमन्त्री सुधन गुरुङको राजीनामासमेत माग गर्दै नाराबाजी गरेका छन्।
महासंघले पत्रकारमाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप तथा दमन प्रेस स्वतन्त्रताका लागि गम्भीर विषय भएको भन्दै श्रेष्ठको रिहाइका लागि दबाबमूलक कार्यक्रम गर्दै आएको जनाएको छ।
पत्रकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले पत्रकारको निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न र प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेका छन्।


















प्रतिक्रिया