१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने



काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यासको बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ । निगमले आज सूचना जारी गर्दै आफूलाई पायकपर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो ।

निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ः०० बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ ।

ग्यास बिक्रेता/वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रुपमा सम्बन्धित उद्योग र सम्बन्धित उद्योगले निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्ने छ ।

अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्तिसमेतको संयुक्त टोलीबाट समेत ग्यासको वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : ०३ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका