२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले गत साउन २९ गतेदेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका हुन् ।

बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढिको अनुभव सँगाली सकेका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी लगायतका बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबिए प्रथमश्रेणी साथै अलिगढ मुस्लिम विश्वविद्यालयबाट ईलेक्ट्रिकल इन्जिनियरिङ (बिटेक) उपाधि हासिल गरेका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेसंग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिट लाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन लगायत ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ क्षेत्रको गहिरो अनुभव रहेको छ । त्यसैगरी, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङ लगायतका क्षेत्रमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेको बैंकले जनाएको छ ।

नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्ती सँगै माछापुच्छ्रे बैंकले लामो बैंकिङ अनुभव, तथा वित्तीय विशेषज्ञताबाट बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १० : ४० बजे

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज