गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।
लडेर घाइते भएकी पाण्डेलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएकोमा अस्पतालमा उपचारका क्रममा उनको आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । पाण्डे स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएकी थिइन् ।
घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो । घाइते पाण्डेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल पुर्याएको थियो ।


















प्रतिक्रिया