सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई शपथ ग्रहण गराउने कार्यक्रम स्थगित गराएको छ ।
मुख्यमन्त्री मंगल बहादुर शाहीले विहान ११ बजेका लागि शपथको तयारी गर्न प्रदेश प्रमूख यज्ञराज जोशी सुमक्ष अनुरोध गरेपनि मुख्यमन्त्री शाहीले केहीबेरपछि स्थगित गर्न अनुरोध गरेको प्रदेश प्रमूख कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिईन् ।
यता, कर्णाली प्रदेश सरकारको नेतृत्व पाएसँगै नेकपा बीच तीव्र असन्तुष्टि फैलिएको छ । जसको कारण मन्त्रीहरुको शपथग्रहण नै रोकिएको हो ।
यसअघि एमालेका केन्द्रीय सचिव यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए भने एमाले र नेकपा बीचको सम्झौता अनुरुप साविक माओवादीका मंगल बहादुर शाही मुख्यमन्त्री बनेका थिए । एमालेले तीन जना मन्त्री नियुक्त गरेपनि सरकारले भने पूर्णता पाएको छैन ।
नेकपा कर्णाली इन्चार्ज चन्द्रबहादुर शाहीले भने सात जनाको नाम पठाइएको बताए । उनका अनुसार रुकुम पश्चिमबाट कल्याणी खड्का (साविक नेकपा एस), मिलन खड्का, हुम्लाबाट जुम्कित लामा, रणसिंह परियार, सुर्खेतबाट विन्दमान विष्ट, वीर बहादुर शाही र डोल्पाबाट कृष्ण जिसि रहेका छन् । यी सात मध्य तीन जना मात्रै मन्त्री बन्नेछन् ।
यसअघि एमालेलेले चार मन्त्रालय मागेकोमा तीन मन्त्रालय पाएको छ । एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई, सामाजिक विकास मन्त्री जितबहादुर मल्ल र उर्जामन्त्रीमा कलबादुर हमाल नियुक्त भइसकेका छन् ।
‘आज हामीले केन्द्रमा नाम पठाएका छौं,’ शाहीले भने, ‘केन्द्रबाट नाम आए पछि मात्र शपथ होला ।’

















प्रतिक्रिया