३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

प्रधानमन्त्रीको अनिच्छाका कारण दशैं अगाडि ‘लकडाउन’ ट-यो, बिज्ञ समुह भने लकडाउनको पक्षमा



काठमाडौं । कोरोना संक्रमितको संख्या निरन्तर बढेको भन्दै बिज्ञहरुले लकडाउन गर्न सरकारलाई सुझाव दिएपनि सरकारले तिहारसम्म लकडाउन नगर्ने संकेत गरेको छ।

शनिबार एकैदिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भएपछि विज्ञहरुले सरकारलाई लकडाउन गर्न सुझाव दिएका थिए शनिबार संक्रमितको स्ख्याले ५ हजार नाघेपछि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण नै घटाइएको थियो। आइतबार करिब १२ हजार परीक्षण गरिएकोमा २ हजार १७१ मा संक्रमण पुष्टि भएको थियो। तीमध्ये १ हजार ४१६ संक्रमित उपत्याकाका मात्रै छन्।

काठमाडौंमा सरकारले कोरोनाका उपचारका लागि निर्धारण गरेका अस्पतालहरुका सबै बेड भरिएका छन् । नयाँ थपिएका संक्रमितले उपत्यका लगायत मुलुकका प्रमुख शहरहरुमा बेड नै नपाउने अवस्था सिर्जना भइसकेको छ।

देशैभरबाट कोरोना संक्रमितको संख्या थपिन थाले पछि स्वास्थ्य मन्त्रालयकै केही विज्ञ डाक्टरहरुले पनि कम्तीमा २ हप्ता लकडाउन गर्न सरकारलाई आग्रह गरेका थिए।

सरकारले भने दशै तिहारको पूर्वसंध्यामा लकडाउन गरेर सरकारको अलोकप्रियता थप्न नचाहेको संकेत गरेको छ । सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले केहिदिन अघि नागरिकलाई नै दोष लगाउँदै नागरिकले स्वास्थ्य सचेतना नअपनाए लकडाउन हुन पनि सक्ने बताएका थिए ।

शनिबार र आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा पनि लकडाउन गर्ने नगर्नेबारे छलफल भएको थियो। अहिले सम्म सीसीएमसीले मन्त्रालयको सहमतिमा लकडाउनको सिफारिस गरेपछि मात्रै मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने गरिएको छ ।

संक्रमित थपिने क्रम नरोकिए दशैंतिहार पछि मात्र लकडाउन गर्नुपर्ने प्रधानमन्त्रीको मनसाय रेहको बालुवाटार श्रोतले बतायो । लकडाउनका बिषयमा नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीका बीचपनि छलफल भएको तर प्रधानमन्त्रीले अनिच्छा देखाएपछि कुनै ठोस निर्णय नभएको उक्त श्रोतले दाबी ग-यो ।

सरकारले चैत ११ गतेदेखि साउन ७ गतेसम्म लगातार लकडाउन गरेको थियो भने त्यस यता पनि स्थानीय तहले अवस्था हेरेर लकडाउन गर्दै आएको छ ।

सरकारका प्रवक्ता ज्ञवालीले पत्रकार सम्मेलनमा भनेका थिए, नागरिकको जीवन सरकारको पहिलो प्राथमिकता हो। बारम्बारको अपिलले पनि काम गरेन भने अवश्यपनि केही कडा कदम चाल्नुपर्ने हुनसक्छ। अहिलेसम्म हामी त्यो निष्कर्षमा पुगेका छैनौं।’

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : ३० बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र