४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीकी संक्रमित महिलाको चितवनमा मृत्यु, अर्घाखाँचीकी संक्रमित महिलाको पनि बुटवलमा मृत्यु



बुटवल । चितवनमा रुपन्देहीबाट उपचारका लागि पुगेकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रुपन्देही जिल्लाको तिलोत्तमा–१५ की ३५ वर्षीया महिलाको सोमबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भइ ती महिला असोज २१ गते अस्पताल भर्ना भएकी थिइन् । असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएकोमा रुपन्देहीका अस्पतालमा आईसीयू खालि नभएका कारण उनलाई थप उपचारका लागि चितवन रेफर गरिएको थियो । उनको कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

त्यसैगरि अर्घाखाँचीबाट उपचारका लागि रुपन्देही आएकी ८० वर्षिया महिलाको पनि सोमबार नै बुटवलमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बुटवल झरेकी ती महिलाको सोमबार नै पीसीआर परीक्षण गराउंदा कोरोना पुष्टि भएको थियो । उनी सोमबार बिहान ११ बजे लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी थिईन् । उनको १ः१५ मा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको