५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या



काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ।

मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

सङ्खुवासभाका प्रहरी प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार राईलाई बिहीबार साँझ करिब ७ बजे नजिकैबाट गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर घाइते भएका राईको घटनास्थलमै मृत्यु भएको हो। उनको देब्रे कोखमा गोली लागेको प्रहरीले जनाएको छ।

घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मैनालीले बताए।

सदरमुकामबाट करिब १० घण्टाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली पुगेको छ। डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदै छन्।

विद्यालय परिसरमा भेटिएको राईको शव प्रहरीले मुचुल्का तयार गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान तथा हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ११ : ०९ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने