७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

प्रधानमन्त्री ओलीले छलफलका लागि काठमाडौं बोलाए मख्यमन्त्री शाही र बागी कँडेललाई



काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वास प्रस्ताव अलपत्र अवस्थामा पर्दै असफल भएको छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता माधवनेपाल समुह र पूर्वमाओवादीका ३ सांसदले हस्ताक्षर फिर्ता लिएसँगै प्रस्ताव अलपत्र परेको छ ।

प्रस्तावका मुख्य योजनाकार नेता यामलाल कँडेल समुहमा बहुमत नपुगेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

यससँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाही र कँडेल दुवै जनालाई काठमाडौं बोलाएका छन् ।

तत्कालका लागि मुख्यमन्त्रीको पद जोगिएपनि प्रदेशको पार्टी कमिटी र सरकारको विवाद तत्कालै नथामिने देखिएपछि अध्यक्षद्वयले दुवै जनालाई काठमाडौं बोलाएका हुन् ।

प्रदेशमा सरकार परिवर्तनसम्बन्धी कुनै पनि गतिविधि नगर्न पार्टी केन्द्रबाट निर्देशन समेत जारी भएको छ ।

यसअघि, अध्यक्ष प्रचण्ड र नेपाल पक्षबीच सहमति भएपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले हस्ताक्षर फिर्ता लिने घोषणा गरेका थिए ।

दुई पक्षीय सहमति अनुसार नेपाल समुहका अविश्वास प्रस्तावकै हस्ताक्षरकर्ता कुर्मराज शाहीलाई मुख्यमन्त्रीले सचेतकमा नियुक्त गरिसकेका छन् । यस्तै, नेपाल समुहका ३ सांसदलाई मन्त्री बनाउने समेत सहमति भएको छ ।

अब, प्रदेशको विवाद समाधानका लागि पार्टी केन्द्रकै हस्तक्षेप हुनेभएपछि नेताहरु पछि सरेका छन् ।

मंगलबार बिहानै संघीय संसदमा नेकपा संसदीय दलका उपनेता एवं प्रधानमन्त्रीका विश्वासप्राप्त नेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि नबढाउन नेता कँडेललाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको अनुमतिपछि नेम्वाङले फोनसम्पर्क गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ४ : ०६ बजे

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज