२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्य र सदस्य-सचिव मनोनयन गरेका छन् ।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य सचिवका रूपमा मनोनयन गरेका हुन् ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीका केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुङ्गाना, कुशुमदेवी थापामगर र अञ्जु झालाई मस्यौदा समितिमा मनोनयन गरिएको जानकारी दिए ।

समितिको सदस्य सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ । पार्टीको विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न उक्त समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ९ : ०० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी