२५ भदौ २०८३, बिहिबार | September 10, 2026

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट भएको क्षति, पीडितको उद्धार, राहत तथा पुनर्स्थापना र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे साझा धारणा बनाउन छलफल भैरहेको छ ।

बैठकमा बाढीपीडितको उद्धार तथा राहतका साथै सर्वदलीय बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्थाबारे पनि छलफल हुनेछ ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई सहभागी छन्। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएको छैन।

 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १२ : १४ बजे

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको