३ आश्विन २०८३, शनिबार | September 19, 2026

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)



काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन पेश भएको छ ।

पुनर्गठनसम्बन्धी कार्यदल मै नरहेका एमाले नेता प्रदीप ज्ञवालीले पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन ल्याएका हुन्।

यसअघि महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने प्रस्तावसहितको ६५ पृष्ठको पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। त्यसविरुद्ध वरिष्ठ उपाध्यक्ष एवंम कार्यदलका संयोजक रामबहादुर थापा बादलले ३९ पृष्ठको अर्को प्रतिवेदन ल्याएका थिए।

एमालेले यी दुवै प्रतिवेदनलाई समायोजन गरी पार्टी बैठकमा पेस गर्न उपाध्यक्ष थापा र विष्णु पौडेल तथा महासचिव पोखरेल रहेको कार्यदल गठन गरेको थियो। तर, कार्यदलमा सहमति हुन नसकेपछि अध्यक्ष ओलीको निर्देशनअनुसार कार्यदल मै नरहेका नेता ज्ञवालीले दुवै प्रतिवेदनलाई समायोजन गरी २९ पृष्ठको तेस्रो प्रतिवेदन ल्याएका हुन्।

एमालेको संगठन पुनर्गठनसम्बन्धी कार्यदलको बैठक भोलि (आइतबार) विहान ८ बजे बस्दै छ। त्यसपछि असोज ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने कार्यतालिका छ।

एमाले उच्च स्रोतका अनुसार नेता ज्ञवालीले ल्याएको प्रतिवेदनमाथि भोलि कार्यदल बैठकमा छलफल हुनेछ र सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस हुनेछ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १० : ११ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब