८ आश्विन २०८३, बिहिबार | September 24, 2026

एसियाली खेलकुदमा पुरुष क्रिकेट आजदेखि, नेपालले भोलि अफगानिस्तानसँग खेल्ने



काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल आजदेखि सुरु हुँदैछन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा पुरुष क्रिकेटका खेल सञ्चालन हुनेछन् ।

आज दुई खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा बिहान पौने ६ बजे अफगानिस्तान र आयोजक जापानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, समूह ‘बी’ अन्तर्गत दोस्रो खेलमा बिहान पौने ११ बजे हङकङ र मलेसिया आमनेसामने हुनेछन् ।

प्रतियोगितामा नेपालको पहिलो खेल भने शुक्रबार हुनेछ । नेपालले समूह ‘ए’ को खेलमा शुक्रबार बिहान पौने ११ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै रहेको छ । तीन टोली रहेको समूहबाट कम्तीमा एक खेल जिते नेपाललाई क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो हुनेछ ।

क्वार्टरफाइनलमा प्रवेश गरे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिको एसियाली खेलकुदमा पनि नेपाल क्वार्टरफाइनल पुगेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ७ : ५६ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक : ९ र १० गते भीषण वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

पोखरा । अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र

अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना

बुटवल कांग्रेस नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

बुटवल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर