९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

पृथ्वी राजमार्गमा राति ८ बजेदेखि भोलिबिहानसम्म सवारी आवागमन बन्द



धादिङ । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाएको छ ।

जल तथा मौसम विज्ञान विभागले धादिङ तथा आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि सम्भावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द रहनेछ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय ९गौतम० द्वारा जारी सूचनामा वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने भएकाले यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न रातिको समयमा राजमार्गमा आवागमन रोकिएको उल्लेख छ ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्नसमेत अनुरोध गरिएको छ ।

आपत्कालीन अवस्थामा नेपाल प्रहरी हटलाइन १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC) ९२३४ वा ०१०–५२९४६४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय धादिङको सूचना अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस आदमघाटसँग समेत आवश्यक समन्वय र सहयोगका लागि सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ३ : ०१ बजे

रसुवागढी-स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न चीनसँग सहयोग माग

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवागढी–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

टी-२० वरियतामा नेपालको सुधार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद्

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न