१० आश्विन २०८३, शनिबार | September 26, 2026

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश



काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई तारेखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहालको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

सर्वोच्चले दाहाललाई रिहा गरी तारेखमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, भोटाहिटीका नाममा परमादेश जारी गरेको हो।

यसअघि सर्वोच्चले दाहाललाई पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ पेस गर्न प्रहरीलाई आदेश दिएको थियो। साथै आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानसम्बन्धी मिसिलसहित दाहाललाई अदालतमा उपस्थित गराउन भनेको थियो। सोही आदेशअनुसार दाहाललाई आज अदालतमा उपस्थित गराइएको थियो।

दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक विषय तथा उच्च राजनीतिक व्यक्तिहरूसँग सम्बन्धित सामग्रीमार्फत भ्रामक प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो।

दाहालकी छोरी डेनिकाले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमाथि सुरुमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पक्राउको कारण खुलाउन आदेश दिएको थियो।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ३ : १६ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक डा कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा शशाङ्क

४८ वर्षपछि हुम्लामा रेकर्ड ब्रेक वर्षा

कर्णाली । पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

बाढीपीडितलाई ग्यास चुल्हो र सिलिन्डरसहित राहत

रौतहट । नुवाकोटको विदुरमा भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई रौतहटका मुस्लिम

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र