१० आश्विन २०८३, शनिबार | September 26, 2026

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द



बैतडी । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका हुन् ।

बैतडीमा गए रातिदेखि लगातार वर्षा भइरहेको छ । दुवै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचालाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन् ।

दार्चुला ‘अति जोखिम’ वर्गमा रहेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : ४४ बजे

वर्षाका कारण जापानसँगको खेल रद्द, नेपाल क्वाटरफाइनलमा

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र

नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आयोजक जापानलाई १५०

सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए

काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१ औँ

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा । बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी