१० आश्विन २०८३, शनिबार | September 26, 2026

नेपालले जापानलाई दियो १५० रनको लक्ष्य



काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आयोजक जापानलाई १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा पाँच चौका र तीन छक्कासहित नटआउट ५७ रन बनाए । त्यस्तै, लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा एक चौका र छ छक्काको मद्दतमा नटआउट ५२ रन जोडे । उनले खेलको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

ओपनर आसिफ शेखले १५ बलमा २१ रन बनाए । कुशल भुर्तेल १२ बलमा चार रन बनाएर आउट भए । त्यस्तै, कुशल मल्ल र गुलशन झा समान दुई रनमा आउट भए ।

अब जापानले १५ ओभरमा १५० रनको लक्ष्य पछ्याउनेछ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : १३ बजे

वर्षाका कारण जापानसँगको खेल रद्द, नेपाल क्वाटरफाइनलमा

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र

नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आयोजक जापानलाई १५०

सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए

काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१ औँ

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा । बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी