१० आश्विन २०८३, शनिबार | September 26, 2026

वर्षाका कारण जापानसँगको खेल रद्द, नेपाल क्वाटरफाइनलमा



काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।

वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित नटआउट ५७ रन बनाए । लोकेश बमले २२ बलमा एक चौका र छ छक्काको मद्दतमा नटआउट ५२ रन जोडे । त्यस्तै, आसिफ शेखले २१ रन बनाए ।

जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान एक–एक विकेट लिए ।

नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा भएपछि मैदानको पिचलाई कभरले ढाकिएको थियो । लगातार वर्षा भएका कारण जापानको इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन भएको हो ।

नतिजाविहीन भएपछि नेपालले एक अंक पाएको छ । नेपालले समूह ‘ए’ मा दुई खेलबाट तीन अंक जोड्दै समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको छ । अफगानिस्तान दुई खेलबाट दुई अंकसहित समूह उपविजेता बनेको छ ।

क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग तथा अफगानिस्तानले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ९ : ११ बजे

वर्षाका कारण जापानसँगको खेल रद्द, नेपाल क्वाटरफाइनलमा

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र

नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आयोजक जापानलाई १५०

सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए

काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१ औँ

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा । बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी