१० आश्विन २०८३, शनिबार | September 26, 2026

सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए



काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् ।

शनिबार बिहान ६ बजेपछि गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७९५ क्युसेक पुगेपछि ४३ वटा ढोका खोलिएको हो ।

यसअघि शुक्रबार बिहान १० बजे पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९८ हजार २२० क्युसेक पुगेपछि २५ वटा ढोका खोलिएका थिए । त्यसपछि पानीको बहाव निरन्तर बढ्दै गएपछि दिउँसो १ बजे २ लाख २९ हजार ९६० क्युसेक पुगेको थियो । सो समयमा ३० वटा ढोका खोलिएको थियो ।

त्यस्तै, दिउँसो २ बजे पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि थप एउटा ढोका खोल्दै ३१ वटा ढोका खुला गरिएको थियो ।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । सप्तकोशीमा जलसतह निरन्तर बढिरहेको भन्दै आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : ११ बजे

देशभर आकस्मिक बाढीको जोखिम, ६० भन्दा बढी जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन

काठमाडौं भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् ।

‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक’

काठमाडौं । नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ

वर्षाका कारण जापानसँगको खेल रद्द, नेपाल क्वाटरफाइनलमा

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र