१० आश्विन २०८३, शनिबार | September 26, 2026

नारायणी तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै



नवलपुर । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । नदीमा पानीको बहाब बढी हुँदा नदीको बाढी बस्तीमा पस्ने जोखिम बढेपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो ।

जिल्लाको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नदी तटीय क्षेत्रका नगरवासीलाई सुरक्षित स्थानमा सारिएको बताए । गैँडाकोट(२, ५, ६, ७ र ९ वडा नदी तटीय क्षेत्रमा पर्ने जनाउँदै उहाँले नदी प्रभावितलाई झटपट झोलासहित सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए ।

गैँडाकोट(२ का वडाध्यक्ष प्रकाश सापकोटाले गैँडाकोट पुलचोकका बासिन्दालाई माथिल्लो स्थानमा सारिएको जनाउँदै नदी किनारमा माइकिङ गरेर सूचना पवाह गर्ने काम भइरहेको बताए । नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी किनारमा नजान आग्रह गरिएको बताउँदै घर जोखिममा परेकाहरूलाई सुरक्षित स्थानतर्फ लैजानका लागि वडाले सहजीकरण गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ३ : ३९ बजे

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी

नारायणी तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

नवलपुर । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका