१० आश्विन २०८३, शनिबार | September 26, 2026

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा



काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानको आज ६९८ औँ हप्तामा तिलगङ्गा पारीपट्टी पहेँलो पुल क्षेत्रमा सफाइ गरिएको छ ।

भारी वर्षाको समयमा पनि अभियानकर्मीहरूको सक्रिय सहभागिताका साथ आज तिलगङ्गा पारिपट्टि पहेँलो पुलमा वाग्मती किनार कालोपत्र सडकतर्फका झारपात, घाँसलगायत कुहिने फोहरलाई जमिनमुनि खाडल खनेर गाडिएको छ । यसरी गाडिएको फोहरले नदी किनारमा रोपिएको बिरुवालाई मलको काम गर्ने अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । यसैगरी, काँचका फुटेका सिसा, बोतल, प्रयोग भएका सुई, कार्पेट गरी करिब एक मेट्रिकटन नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उनले जानकारी दिए । अर्को हप्ताको सरसफाइ कार्यक्रम सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा गरिने महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ महाअभियान जारी छ । वर्षा, जाडो, चाडपर्व, भूकम्प, कोरोना, बन्दाबन्दीलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान नरोकिएको अभियानकर्मी डा माला खरेलले जानकारी दिइन् । महाअभियानबाट प्रेरणा पाएर काठमाडौँ उपत्यकामा वाग्मतीका सबै सहायक नदीमा सफाइ अभियान सुरु भएको छ । यसैगरी चक्रपथका विभिन्न खण्डमा पनि सफाइ अभियान सुरु भएको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर हाल देशभर १११ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : ५० बजे

नारायणी तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

नवलपुर । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ७१ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी

कृष्णभीरमा पहिरोपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि